१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

पाटी भन्दा माथि उठेर जनताको सेवा गर्ने अबको नेपालगन्जको मेयर उमेदवार बेहनाको चर्चा टोल टोलमा

Logo
प्रकाशित बिहिबार, माघ २७, २०७८

(ABC-Sanchar)
बाँके । नेपालगञ्ज । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा पनि विभिन्न व्यक्तिहरुको चर्चा परिचर्चा सुरु भएको छ ।

नेपालगञ्जको मेयरमा नेपालगञ्ज वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको पनि चर्चा सुनिन थालेको छ । आगामी स्थानीय तहको निर्वाचनमा उनलाई मेयर पदमा उम्मेदवारी दिन नागरिक स्तरबाट दबाब आउन थालेको छ । कोरोनाको संकट सुरु भएको दिनदेखि नै कोरोना रोकथाम, उद्धार, उपचार र राहत वितरणमा अब्बल साबित भएका बेहना जनताको मनमस्तिष्क र ह्रदयमा बस्न सफल भएको नागरिकहरु बताउँछन् ।

स्थानीय नागरिकहरु भन्छन्, “वडा अध्यक्ष बेहनाले नागरिकलाई निःशुल्क उद्धार, दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण, गरिब तथा न्यून आय भएका किसान मजदुरहरुलाई खाद्यन्न लगायत आवश्यक सामग्रीहरु वितरण गर्दै आउनुभएको छ, कोरोनाको दोस्रो लहरमा पनि त्यसबाट प्रभावित नागरिकहरुलाई सङ्क्रमणबाट बचाउन वडामै आइसोलेसन अस्पताल सञ्चालन गरी उपचार गर्नुका साथै भेरी अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमितहरुको मृत्यु हुन सुरु भएको जानकारी पाउने बित्तिकै अस्पताललाई नगद २ लाख रुपैयाँ अक्सिजन खरिदका लागि प्रदान गर्नुभयो, उहाँ जनताको सेवक हो, अब उहाँ मेयर लड्न तयार हुनुपर्दछ।”

उनले गर्दै आएको मानवीय कार्यले जनताहरु मेयर बनेको देख्न उत्साहित रहेको उनका वडाबासीहरु बताउँछन् । उनले असम्भव मानिएको नेपालगञ्ज ४ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको निर्माणदेखि शिक्षासंगै सडक, नाला, फोहर व्यवस्थापनको काम फिल्मी शैलीमा सम्पन्न गरेर वडालाई नमूना बनाउने काम गरेको वडाबासीको तर्क छ ।

वडा अध्यक्ष बेहनाले पनि मेयरमा उठ्न जनताको दबाब धेरै रहेको बताउँदै पार्टीले टिकट दिए आउने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताए । आगामी निर्वाचनमा उनले आफ्नो उम्मेद्वारीको विषयमा खुलेर प्रकट नगरेपनि भित्री इच्छा भने मेयर नै रहेको कार्यकर्ताहरु बताउँछन् । स्थानीय सुरेश खत्री भन्छन्, “निःशर्त एक कार्यकाल बेहनालाई नै निर्वाचित गराउनुपर्छ । राप्रपाले उनलाई टिकट दिनु उपयुक्त हुन्छ ।”सफिक बेहनाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!