१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

ट्राफिक प्रहरी महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डीआईजी खटाउने

Logo
प्रकाशित बिहिबार, माघ २७, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । ट्राफिक व्यवस्थापन र विमानस्थलको सुरक्षा व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएकाले डीआईजी खटाउनुपर्ने गृह मन्त्रालयको निष्कर्ष छ ।

दुवै ठाउँमा २०७४ सम्म डीआईजीको दरबन्दी थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले डीआईजीको संख्या घटाएर दुवै ठाउँमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) खटाउने निर्णय गरेको थियो ।

विमानस्थल र ट्राफिक महाशाखामा डीआईजी खटाउन खोजेको गृहमन्त्री बालकृष्ण खाणले बताए । मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खाणले भने– ‘विमानस्थलमा पनि चुनौती बढेको छ, ट्राफिक व्यवस्थापन पनि चुस्त बनाउनुपर्ने छ, त्यसैले त्यहाँ डीआईजी राख्न खोजेका छौं ।’

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को ३ वटा दरबन्दी थप्ने तयारी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!