२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको तुल्सीपुरमा बिद्युत सट हुँदा आगलागिमा परि ५ जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, माघ २८, २०७८

(ABC-Sanchar) दाङ । तुलसीपुरको एक गोदाममा बिद्युत सट भई आगलागि हुँदा ठुलो धनजनको क्षेती भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार मध्यरातमा तुलसीपुर स्थित इरक स्टाेर जुत्ता चप्पलको गोदाममा आगलागीमा परी पाँच जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बिद्युत सट भएर आगलागि भएको हुन सक्ने प्रहरीले अनुमान गरेको बताए । उनले आगलागि भएको घटना प्रहरीले थाहा पाए लगत्तै प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको बताए । उनका अनुसात बिहान साढे ६ बजेसम्म आगलागिमा परि जलेर मृत्यु भएका पाँच जनाको शब निकालिएको छ । चार पुरुष र एक बालिका गरि पाँच जनाको मृत्यु भएको डिएसपी अर्यालले बताए । प्रहरीका अनुसार मृतकको शब पोष्टमाटमको ल…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]