ABC (क्राईमबिट)
काठमाडौं । महानगरपालिका वडा नं.७ चावहिलबाट जिल्ला सोलुखुम्बु नाम्चे घर भइ हाल काठमाडौं ६ सरस्वती नगर बस्ने बर्ष अन्दाजी १९ वर्षको उर्गेन टासि शेर्पालाई महानगरिय प्रहरी वृत्त बौद्धले पक्राऊ गरेको हो ।
शेर्पाले अनलाइन मर्फात iPhone 12 pro max, iPhone 11 pro max मोबाइल किन्ने भनि बौद्ध स्तुप बोलाई मोबाइल रिसिभ गरे पश्चात अर्कैको घर देखाइ पैसा लिएर आउँछु भनि भागेका प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट नगद १४०००, iPhone 12 pro max थान १, iPhone 11 pro max थान १ र iPhone X थान १ बरामद गरेको छ ।
उनीमाथि चोरी तथा डाका सम्बन्धी मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।