(ABC-Sanchar)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुद्धीबहादुर स्याङतानको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा दरबन्दी भएका ४० वषीय स्याङतान पूर्व सभामुख महराको ब्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए । उनको शुक्रबार बिहान २ बजे ललितपुरस्थित सुमेरु अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले असई स्याङतानको मृत्यु भएको पुष्टि गरेका छन् । उनले स्याङतान घर बिदामा रहेका समयमा एक्कासी मुटु दुख्यो भन्दै बेहोस भएपछि परिवारले साढे एकबजे बिहान अस्पताल ल्याएको बताए ।
अस्पताल प्रशासनले स्याङतानको अस्पताल ल्याएको केही मिनेटमै मृत्यु भएको जनाएको छ । उनी ललितपुरको कोन्ज्योसोम गाउँपलिकास्थित आफ्नै घरमा आएका समयमा घटना भएको हो ।