ABC (क्राईमबिट)
काठमाडौं । एक व्यक्तिको हत्या आरोपमा आफूलाई अघोरी बाबा बताउने शिव गिरी पक्राउ परेका छन्।
नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या अभियोगमा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दक्षिणकाली नगरपालिका–६ फर्पिङमा बस्ने ३५ वर्षीय गिरीले चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
गिरीको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो।