१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना उपसचिवको बढुवा

Logo
प्रकाशित शनिबार, माघ २९, २०७८

(ABC-Sanchar)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ (जनरल) ८ र इन्जिनियरिङ (हाइवे)तर्फ १४ गरी ३९ जनाको नाम बढुवाका लागि बढुवा समितिको शुक्रबारको बैठकले सिफारिस गरेको हो ।

लेखापरीक्षण समूहका केदारप्रसाद खकुरेल, अगमबाबु पुरी, दुर्गाप्रसाद पन्थी, टीकानाथ अर्याल, तोयनारायण पौडेल, चन्द्रप्रकाश रेग्मी, सन्तोष शर्मा सापकोटा, विष्णुप्रसाद पौड्याल, कल्पना घिमिरे, यमनाथ खनाल, ध्रुव न्यौपाने, झविन्द्रप्रसाद भण्डारी, गोविन्दप्रसाद धमला, श्यामप्रसाद गौतम र हीरामणि निरौला बढुवा सिफारिसमा परेका छन् । त्यस्तै तथ्यांक समूहका कमल पौडेल र विनोद आचार्य बढुवा सिफारिसमा परेका छन् ।

इन्जिनियरिङतर्फ जनरल उपसमूहबाट बढुवामा पर्नेमा शोभा श्रेष्ठ, नवीन श्रेष्ठ, पुण्यराम सुलु, स्मिता शर्मा, सचिन्द्रकुमार यादव, रविचन्द्र पंजियार, महेश्वरी खड्का र टंकप्रसाद खनाल रहेका छन् ।

त्यस्तै इन्जिनियरिङ हाइवे उपसमूहबाट १४ जना बढुवामा परेका छन् । जसमा शोभा गिरी, वन्दना आचार्य, माधवप्रसाद अधिकारी, मुकुन्दप्रसाद लामिछाने, अमिन्द्र खड्का, प्रकाश पौडेल, शशांक मिश्र, राजेशकुमार यादव, छविलाल पौडल, राजीव श्रेष्ठ, कमलकुमार साह, लीलाबहादुर भण्डारी, नवराज बास्तोला र केशवप्रसाद ओझा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!