२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बाँके प्रहरीले भारतको रुपईडिहाबाट ५ जना किशोरकिशोरीको उद्धार

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

(महेन्द्र सिंह)
बाँके । किशोरकिशोरी हराएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी नायव निरीक्षक मीनबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमापारी रुपईडिहा बजारबाट उनीहरुको उद्धार गर्न सफल भएको हो ।

विष्टका अनुसार बैजनाथ गाउँपालिका–६ बाँकेकी १८ वर्षीया तारा सुनार, कोहलपुर नगरपालिका–११ की १८ वर्षीया स्मारिका शाही, कोहलपुर नगरपालिका–३ का १६ वर्षीय सागर चन्द, बासगढी नगरपालिका–२ बर्दियाका १८ वर्षीय आर्दश सुनार र सोही स्थानका १९ वर्षीय सुजित सुनारलाई उद्धार गरिएको हो ।
उनीहरुलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!