२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरी प्रधान कार्यालयले प्रहरीको १० जना डिएसपीको काज सरुवा

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्धय मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई जिम्मेबारी दिइएको छ ।

यस्तै दोलखामा डीएसपी गंगाप्रसाद पौडेल, रसुवामा डीएसपी कुलदीप चन्द र रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको छ ।

 

दाेलखामा रहेका डीएसपी भेषराज रिजालकाे अपराध महाशाखा रामेछापमा रहेका नवराज ढुङगानाकाे प्रदेश १ प्रहरी कार्यालय र रसुवामा रहेका देवेन्द्र पाण्डेकाे जगेडा पुलमा सरुवा भएकाे छ ।

यस्तै वृत्त चापागाउँमा रहेका टेकबहादुर कार्की क्षेत्रीकाे कार्य विभाग र वृत सातदाेबाटाेमा रहेका दिनेश घिमिरेकाे महानगरीय प्रहरी रानीपाेखरीमा काज सरुवा गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]