२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

काठमाडौं रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे सुरु काठमाडौं रक्सौल रेल चल्ने

Logo
प्रकाशित सोमबार, फाल्गुण ०२, २०७८


(ABC-Sanchar)
काठमाडौं। प्रस्तावित काठमाडौँ–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सर्भेको काम सुरु भएको हो । रेल विभागका प्रवक्ता अमन चित्रकारले भारत सरकारले नेपालमा लोकेसन सर्भेका लागि प्राविधिक टोली पठाएसँगै सर्भे सुरु भएको जानकारी दिएका छन् ।

यसअघि गत भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा दुई देशबीच हस्ताक्षर भएको थियो । सम्झौताअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ । त्यसका लागि भारतको कोनकन रेल्वेज कर्पोरेसनले काम गर्ने तय भएको छ ।

रेल विभागले रेलमार्ग अध्ययनका लागि भारतीय टोली फिल्डमा परिचालित भइसकेको जनाएको छ । । टोलीले सर्भेका लागि चाहिने यन्त्र, उपकरण र गाडी भन्सार छुटमा नेपाल भिœयाएर अध्ययन गर्नेछ । सरकारले यो अध्ययन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रस्तावित यस रेलमार्गको यसअघि नै प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षण भइसकेको छ । भारतीय पक्षले सन् २०१८ मा प्रारम्भिक (प्रिलिमनरी इन्जिनियरिङ एन्ड ट्राफिक सर्भे) अध्ययन सकाएको थियो ।

भारतीय कम्पनी केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुनेछ । यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको छ । प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने साना–ठूला गरी करिब ३५ वटा पुल बनाउनुपर्ने उल्लेख गरिएको छ ।

नेपाल सरकारले देशभर बन्ने रेल्वे लाइन स्टान्डर्ड गेजमा बनाउने नीति लिएको छ । भारतले यो रेलमार्ग पनि ब्रोडगेज प्रविधिमै बनाउने गरी अध्ययन गर्ने जनाइएको छ । नेपालले आन्तरिक रूपमा बनाउने तयारी गरेको पूर्व–पश्चिम रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउने सरकारी योजना छ । तर, पूर्व–पश्चिम रेलमार्ग निर्माणले भने गति लिन सकेको छैन । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!