२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको देउखुरी पाखापानीमा टिप्परको ठक्करबाट १ जना महिलाको मृत्यु

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८


(ABC-Sanchar)
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको घटना स्थलमा मृत्यु भएको छ ।

आज विहान सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षिय डिला पाैडेलको घटना स्थलमै मृत्यु भएको रेडियो राप्ती तथा राप्ती टेलिभिजनका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिएका छन् ।

साइकलमा दूध बेच्न भालुवाङ हिडेकी महिलालाई उक्त टिप्टरले ठक्कर दिएको हो । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना पछि मृतकका आफन्त तथा स्थानीयले बन्द गरेको बाटो प्रहरीले खुलाए पनि फेरि आक्रोसित स्थानीयले बाटो बन्द गरेका छन् । यता बाटो खुलाउने विषयमा दुवै पक्ष बीच छलफल चलिरहेको छ ।

दोषीलाई कडा भन्दा कडा कारवाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको छ । बाटो बन्द भएपछि गन्तव्यमा जान लागेका सवै गाडी रोकिएका छन् । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।