२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

माघ महिनामा सर्लाही जिल्लाकै उत्कृष्ट इन्स्पेक्टर भुपेन्द्र गिरी प्रहरी घोषित

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८


ABC (क्राईमबिट)
सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मधेश प्रदेश साविक २ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण ४ नम्बर गुल्ममा दरबन्दी भई ईलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत इन्स्पेक्टर गिरीको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

इन्स्पेक्टर गिरीले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका छन् ।

साथै फरार अभियुक्त पक्राउ गर्न तथा लागूऔषध नियन्त्रण गर्ने कार्यमा खेलेको अहम भूमिकाको उच्च मूल्यांकन गर्दै इन्स्पेक्टर गिरीलाई माघ महिनाको बेस्ट पोलिस अफ द मन्थद्वारा सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]