१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

नेपालगन्जमा खुल्यो नयाँ ब्यबस्थापनको साथमा मानसरोबर बिषेश साँझ सद्धघाटन

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८


(ABC-Sanchar)
बाँके । मानसरोबर बिषेश साँझ’ सोमबार साँझ एक कार्यक्रम बीच बिधिवत रुपमा सद्धघाटन भएको छ । बाँकेको नेपालगञ्जमा अतिथिलाई दैनिक बिषेश प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले ‘मानसरोबर बिषेश साँझ’ संचालनमा ल्याएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका ४, बाईपास चोक स्थित रहेको होटेल मानसरोबर संगै अतिथिलाई बिभिन्न कार्यक्रम तथा प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले मानसरोबर बिषेश साँझ संचालनमा ल्याएको संचालक समितिले जनाएको छ ।

आषिश मल्ल ठकुरी र टोपेन्द्र वलीको संयुक्त लगानी रहेको मानसरोबर बिषेश साँझ सोमबार ‘भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवसको अवसरमा एक कार्यक्रम बीच उद्धघाटन गरिएको हो ।जन्मदिन मनाउन आएका नरायण बिसी र उनी पत्नी ललिता डिसिले रिबन काटेर मानसरोबर बिषेश साँझको उद्धघाटन गर्न बिषेश अवसर प्राप्त गरेका थिए ।

कार्यक्रमको प्राविधिक मानोरञ्जन समुहमा हारमुनियम तर्फ बलु तामाङ, मादल तर्फ सुरेश गन्दर्भ, अक्ट्रयाक तर्फ ठग्गा चौधरी रहेका छन ।

त्यस्तै, गायक छवि डागी, गायक कल बहादुर, बपाल मगर, गायिका राधिका हमालले सोमबार भ्यालेन्टाईन साँझ तथा उद्धघाटन समारोहलाई भब्य प्रस्तुतिका साथ मनोरञ्जनमय बनाएका थिए ।

प्रमुख अतिथि बरिष्ठ सञ्चारकर्मी तथा बरिष्ठ गायक कमल बिक निर्मोहीले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले संचालनमा ल्याएको ‘मानसरोबर बिषेश साँझ’ कलाकारहरुका लागि एउटा प्लेटफर्म समेत रहेको बताएका छन । लुकेको कला उजागर गर्न र आफनो प्रस्तुतिलाई बाहिर ल्यान सहयोग समेत पुर्‍याउने विश्वास लिएका छन ।

संचालक समिति अनुसार अब दैनिक रुपमा मनोरञ्जन गरेर अतिथिको साँझ बिषेश बनाईनेछ । साता दिनमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेनुका साथै बिषेश कार्यक्रम आयोजना गरिने बताईएको छ । कालीजको मासु, लोकल कुखुरा, नदीको माछा, बटाईको मासु लगायतका आर्गेनिक परिकारहरु मानसरोबरको विशेषता रहेको छ ।आषिश मल्ला ठकुरी अनुसार तीन वर्ष अगाडी ३५ वटा रुम, एउटा हल, रेष्टुरेन्टका साथ संचालनमा ल्याईएको उक्त होटल कोभिड संक्रमणका कारण पछाडी परेको थियो । केही दिन अगाडी मानसरोबर बिशेष साँझको सम्पूणर् तयारी पुरा भईसक्दा पनि कोभिडका कारण पुन प्रभावित हुन पुगेको थियो । तर अब सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सबै क्षेत्र खोल्न अनुमति दिए लग्त्तै संचालनमा ल्याईएको बताए । अब दैनिक स्पेशल प्रोग्रामका साथ संचालनमा रहने बुझिएको छ ।
कार्यक्रममा मधुर खबरका मधु पौडेल, सत्यम खबरका राज त्रिपाठी, लोकप्रिय दैनिकका दिनेश ठाकुर, नाईल खबर फोटोग्राफीका अजय पाठक, नाईल खबरकी संध्या शर्मा लगायतको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!