१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

रुकुम पूर्वमा टुजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकमले फोरजी सेवा विस्तार

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८


(ABC-Sanchar)
रुकुम । अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको हो ।

पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र भूमे–९ चुनबाङमा टुजीको सेवा सञ्चालनमा रहेका छन् ।

अब उक्त ४ वटा टावरमा फोरजी सेवा सञ्चालनको लागि उपकरण जडान र कुनै ठाउँमा फोरजी सेवाका लागि परीक्षण पनि गरिसकिएको नेपाल दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए ।

सिस्ने–२ सुद्रीस्थित नेपाल टेलिकम टावरमा फोरजी सेवाको सफल परीक्षण भइसकेको प्रमुख यादवले जानकारी दिए ।

यसैगरी विर्गुम, चुनबाङ र सेपेमा पनि फोरजी सेवा सञ्चालनका लागि उपकरण जडानको काम भइरहेको यादवको भनाइ छ ।

फोरजी सेवा सञ्चालनका लागि सफल परीक्षण सम्पन्न भएका ठाउँमा ठेकेदारले दूरसञ्चार कार्यालयलाई हस्तान्तरण गर्नेबित्तिकै नियमित फोरजीको सेवा सुचारु गरिने यादवले बताए ।

यी ४ ठाउँमा ठेकेदारले फोरजी सेवाका लागि उपकरण जडानको जिम्मा लिएको छ । ठेकेदारले उपकरण जडान गरेर सफल परीक्षणपछि दूरसञ्चारलाई हस्तान्तरण गर्नेबित्तिकै फोरजी सेवा सुचारु गरिने यादवले जानकारी दिए ।

यसैगरी निर्माणाधीन अवस्थामा रहेका टावरका लागि पनि छिटै निर्माण सम्पन्नका लागि ठेकेदारलाई ताकेता गरिराखेको पनि यादवले बताए ।
नयाँ निर्माणाधीन अवस्थामा रहेको सिस्ने–१ को सिस्ने, सिस्ने–४ को दादिङ, सिस्ने–६ को खोपीचार, भूमे–६ को महत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!