१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

काठमाडौं कोटेश्वर चोकमा ट्याक्सी जलाउन खोज्ने ६ जना बन्दकर्ता पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले बुधवार नेपाल बन्द गरेका छन् । बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर, प्रहरी सक्रियताका कारण ट्याक्सी जल्नबाट रोकिएको छ । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

पक्राउ पर्नेमा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तान छन् । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आयोजना गरेका हुन् । बन्द गराउन निस्केका ६ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको एसपी मैनालीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!