२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

प्राङ्कको नाममा सर्वसाधारण हरुलाई दुख दिने १ जना युट्युबर पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली प्राङ्कस्टर्स’नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा विर्तामोड नगरपालिका–४ का २७ वर्षीय आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको हो।

भक्तपुर कौशलटार बस्दै आएका सेडाईलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको आरोपमा मंगलबार पक्राउ गरिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ ।

उनले प्राङ्कको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरान पार्ने र दिग्दारी दिनेजस्ता क्रियाकलाप गरी त्यस्तो भिडिओ युट्युब च्यानलमा राख्ने गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए ।

प्राङ्कको नाममा सर्वसाधारणलाई दुःख दिने गरिएको गुनासो आएपछि केही समयअघि गृह मन्त्रालयले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]