२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मन्त्रिपरिषद्को बैठक बस्दै नेपाल प्रहरीको एआईजी सिफारिस हुने सम्भावना धेरै

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मन्त्रिपरिषदको नियमति बैठक आज दिउँसो २ बजे बस्ने लागेको हो।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ। सम्भवतः आजको बैठकमा नेपाल प्रहरीमा नयाँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सिफारिस हुनेछ।

यसअघि सरकारले प्रहरीमा एआईजीको ३ वटा दरबन्दी थप्ने निर्णय गरेको छ। ‘त्यसैले आजको बैठकमा थपिएको दरबन्दीमा ३ जना प्रहरी नायब महानिरीक्षक डिआईजी) लाई बढुवा सिफारिस गर्नसक्छ,’ एक मन्त्रीले भने।

यस्तै, बैठकमा एमसीसीबारे पनि छलफल हुनेछ। सत्ता गठबन्धनमा एमसीसी पेचिलो भइरहेका बेला मन्त्रिपरिषद बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने काँग्रेसका एक मन्त्रीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]