२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल कम्युनिष्ट पार्टी गौरवशाली शुक्रबार नेपाल बन्दको घोषणा

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी गौरवशालीले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै भोली शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ ।

नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपाली भूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै नेपाल बन्दको आह्वन गरिएको हो ।

एमसिसि पारित गर्नु राष्ट्रघाती र जनघाती भएको सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि त्यसलाई खारेजीको अलवा संसदबाट पारित गराउने दुसाहस गरिएको हुदा बाध्य भएर नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।

उक्त बन्दलाई भव्यताका साथ सफल पारिदिन सम्पुर्ण देशभक्त, बामपन्थि लगायत सम्पुर्णलाई नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) ले आग्रह गरेको छ ।

नेपाल बन्दलाई अबरोध खडा गर्ने, हस्तक्षेप गर्ने वा कुनै प्रकारको उत्तेजना ल्याउने कार्य गरिएमा त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिइएको छ ।
त्यसबाट उत्पन्न हुने परिणमको जवाफदेही नेपाल सरकार नै हुने भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]