२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बर्दियामा सडक पिच नभएको भन्दै स्थानीयले पत्रकारको सवारीसाधन चलाउन रोक

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८

(ABC-Sanchar)
बाँके । खजुरा बजारको सडक पीच गर्ने माग गर्दै बिहिबार बिहानदेखि नेपालगन्ज गुलरिया राजमार्ग अवरुद्ध गर्ने अराजक युवाहरुले पत्रकार र सन्चार माध्यमका सवारी साधनहरु चल्न रोक लगाएका छन् ।

उनीहरुले सर्वसाधारणहरुलाई अपशव्ढ प्र्रयोग गर्दै सवारी साधनहरु फिर्ता लैजान धम्की दिइरहेका छन् । आन्दोलनको नेतृत्वकर्ता कोही देखिदैनन् ।

युवाहरु हातमा लाठा बोकेर सवारी साधन चल्न रोक लगाएका छन् । नेपालगन्ज गुलरिया राजमार्गमा सन्चार माध्यम र पत्रकारका सवारी साधन चल्न नदिएर उनीहरु अराजतका मचाईरहेका छन् । सन्चारकर्मीहरुले खजुराको १८ सय मिटर फोर लेन सडक ४ वर्षसम्म पनि बनेन भनेर पटकपटक समाचार सम्प्रेषण गर्दै आएका छन् ।

तर उनीहरुकै सवारी साधन चल्न नदिएर पत्रकारहरुको मानमर्दन गरेका छन् ।

१८ सय मिटरको फोरलेन सडक ४ बर्षसम्म पीच नभएको भन्दै बिहिबार स्थानीयले नेपालगन्ज गुलरिया राजमार्ग बन्द गरिएको छ । राजमर्गा गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर स्थानीयलाई सास्ती खेप्नु परेको छ ।

खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएको हो ।

१८ सय मिटरको सडक ४ वर्षदेखि निर्माणाधिनको क्रममा छ । सडक डिभिजन कार्यालय नेपालगन्जले भने निमार्णको कामको समयअवधि ६ महिना थपिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!