२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

बर्दियामा सडक पिच नभएको भन्दै स्थानीयले पत्रकारको सवारीसाधन चलाउन रोक

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८

(ABC-Sanchar)
बाँके । खजुरा बजारको सडक पीच गर्ने माग गर्दै बिहिबार बिहानदेखि नेपालगन्ज गुलरिया राजमार्ग अवरुद्ध गर्ने अराजक युवाहरुले पत्रकार र सन्चार माध्यमका सवारी साधनहरु चल्न रोक लगाएका छन् ।

उनीहरुले सर्वसाधारणहरुलाई अपशव्ढ प्र्रयोग गर्दै सवारी साधनहरु फिर्ता लैजान धम्की दिइरहेका छन् । आन्दोलनको नेतृत्वकर्ता कोही देखिदैनन् ।

युवाहरु हातमा लाठा बोकेर सवारी साधन चल्न रोक लगाएका छन् । नेपालगन्ज गुलरिया राजमार्गमा सन्चार माध्यम र पत्रकारका सवारी साधन चल्न नदिएर उनीहरु अराजतका मचाईरहेका छन् । सन्चारकर्मीहरुले खजुराको १८ सय मिटर फोर लेन सडक ४ वर्षसम्म पनि बनेन भनेर पटकपटक समाचार सम्प्रेषण गर्दै आएका छन् ।

तर उनीहरुकै सवारी साधन चल्न नदिएर पत्रकारहरुको मानमर्दन गरेका छन् ।

१८ सय मिटरको फोरलेन सडक ४ बर्षसम्म पीच नभएको भन्दै बिहिबार स्थानीयले नेपालगन्ज गुलरिया राजमार्ग बन्द गरिएको छ । राजमर्गा गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर स्थानीयलाई सास्ती खेप्नु परेको छ ।

खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएको हो ।

१८ सय मिटरको सडक ४ वर्षदेखि निर्माणाधिनको क्रममा छ । सडक डिभिजन कार्यालय नेपालगन्जले भने निमार्णको कामको समयअवधि ६ महिना थपिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!