०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

काठमाडौं माइती घरदेखि बानेश्वरसम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । बिभिन्न पार्टीहरुले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् । बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

एमसीसी अनुमोदन गर्ने कुरामा सत्तारुढ दलबीच मतभेद रहेको छ । सत्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!