१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

मुलुकभर ७ सय ८० वटा नयाँ चौकी स्थापना गर्न माग १० हजार दरबन्दी थप्ने

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । दिनहुँ अपराधका घट्ना बढेसँगै देशभरबाट नयाँ चौकी स्थापनाका लागि प्रहरी प्रधान कार्यालयलाई दबाव बढेको छ । गएको साता सिन्धुलीबाट आएको एउटा समूहले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटेको थियो । उनीहरु नयाँ चौकी स्थापनाको प्रस्ताव राखेर फर्किए ।

नयाँ चौकी स्थापनाका लागी दिनहुँ माग आउने गरेको बताउँछन् प्रहरी प्रवक्ता एसएसपी विष्णु केसी । उनी भन्छन्– ‘दिनहुँ माग आउने गरेको छ तर, जनशक्ति अभावले गर्दा मागअनुसार स्थापना गर्न संभव भएको छैन् ।’

एकैदिनमा १० वटासम्म नयाँ चौकी स्थापनाको माग लिएर सरोकारवालाहरु प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा धाउने गरेका छन् । जिल्ला सुरक्षा समितिले गरेको सिफारिस अनुसार अहिले देशभर ७ सय ८० ठाउँमा चौकी स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

तिमध्ये केही ठाउँमा अस्थायी चौकी स्थापना भएका छन् । प्रदेश–१ मा सवैभन्दा धैरै नयाँ प्रहरी युनिट राख्न माग भएको छ । काठमाडौं उपत्यकामा मात्र १६ ठाउँमा नयाँ युनिट माग गरिएको छ । माग अनुसार नयाँ युनिट स्थापनाका लागी २३ हजार ३४२ प्रहरी आवश्यक हुने प्रहरी प्रधान कार्यालयको प्रक्षेपण छ ।

नयाँ युनिट स्थापनाका लागी प्रहरी प्रधान कार्यालयले तत्काल १० हजार दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । गृह सचिव टेक नारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ३ एआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । तर, सो ओएण्डएम प्रस्तावमा १० हजार दरबन्दी थप्ने प्रस्ताव नसमेटिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । अहिले ७९ हजार ५२३ भन्दा बढी जनशक्ति नेपाल प्रहरीसँग छ । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!