२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अखिल नेपाल महिला संघ दाङको अध्यक्षमा हुमा डिसी निर्वाचित

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०६, २०७८


(ABC-Sanchar)
दाङ । पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ दाङको बिहीबार एमाले पार्टी कार्यालय घोराहीमा सम्पन्न अनेमसंघको ८औं जिल्ला सम्मेलनले डिसीको अध्यक्षतामा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा शोभा खड्का र लक्ष्मी शर्मा, सचिवमा युवा करारा, सहसचिवमा पशुपति चौधरी र कोषाध्यक्षमा कमला देउजा निर्वाचित हुनुभएको छ । ८औं जिल्ला सम्मेलनको प्रमुख अतिथि नेकपा (एमाले) पोलिटब्यूरो सदस्य, उपत्यका विशेष कमिटीका इन्चार्ज तथा अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सचिव सुजिता शाक्यले महिलाको हक अधिकारका लागि अनेमसंघको ठूलो भूमिका रहेको बताउनुभयो ।

अनेमसंघको संघर्षले गर्दा आज देशमा राष्ट्रपति देखि राज्यको नीति निर्णय गर्ने उच्च पदमा समेत पुग्न सकेको, महिलाको प्रतिष्ठा बृद्धि भएको, तथा स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला र प्रदेश सभा र संसदमा एक तिहाईभन्दा बढी महिलाको सहभागिता सम्भव भएको उहाँको भनाई थियो । शाक्यले अनेमसंघ महिलाको हक अधिकारको नेतृत्व गर्ने गौरवशाली संस्था भएको बताउनुभयो ।

साथै शाक्यले महिलाहरू आरक्षणमा मात्र सीमित नभई प्रतिष्पर्धामा समेत अगाडी बढ्ने बेला अव भैसकेको बताउनुभयो । देशको सन्तुलित विकासको लागी समान सहभागीता आवश्यक रहेको भन्दै उहाँले महिला(पुरूष बराबरी सहभागिता अनेमसंघको आगामी लक्ष रहेको र त्यसको प्राप्तीका लागि अझै संघर्ष जारी रहेको बताउनुभयो । जसका लागि महिला पनि सक्षम हुन आवश्यक रहेको उहाँको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]