१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

लेखा प्रणाली चुस्त दुरुस्त राख्नुस अध्यक्ष ललित बहादुर घर्ती

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०६, २०७८


(ABC-Sanchar)
दाङ । तुलसीपुर नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश दाङले संघको पाचौ स्थापना दिवसको उपलक्ष्यमा तुलसीपुरमा शुभकामना आदान प्रदान तथा एक दिने लेखा व्यवस्थापन तालिम कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रशिक्षक अडिटर्श एसोसिएसन अफ नेपाल दाङ शाखाका अध्यक्ष ललित बहादुर घर्तीले करसंग सम्बन्धित आधारभुत बिषयवस्तुमा प्रकाश पार्नु भएको थियो । उहाँले कार्यक्रममा कुनै पनि व्यवसाय गर्ने व्यक्तिले खरिद-बिक्री बिल, खरिद-बिक्री खाता, स्टक तथा खर्च विवरण लगायत सम्पूर्ण लेखा प्रणाली चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
संघका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शेषकान्त ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। करिव २५ जना औषधी थोक व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा संघका कार्यसमिती सदस्य शरदराज शर्मा र देव बहादुर बस्नेत लगायतले शुभकामना दिनु भएको थियो। कार्यक्रममा संघका सचिब दीपेन्द्र न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिब तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!