२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पूर्वपश्चिम लोकमार्गमा २ मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

(ABC-Sanchar)
धनुषा । दुर्घटनामा परेर धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने ४२ वर्षीय रामबहादुर गोले मगरको मृत्यु भएको हो । उनको लालगढस्थित मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

धनुषाधाम नगरपालिका ६ मा शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ज १२ प १६७२ र विपरित तर्फबाट आइरहेको बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सो दुर्घटनामा परी ज १२ प १६७२ नम्बरका मोटरसाइकल चालक गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

मृतक मगरको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । दुर्घटनामा बा ७४ प ७५३९ नम्बरका मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका ५ बस्ने २४ वर्षीय अभिषेक घिमिरे पनि घाइते भएका छन् । उनको उपचार ढल्केबरस्थित एक नीजि स्वास्थ्य उपचार केन्द्रमा भइरहेको प्रहरी निरीक्षक सुवेदी बताए । दुर्घटनामा परेका दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]