०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

ईसेवामा बोनस रकम प्राप्त हुन्छ भनी ठगी गरेको आरोपमा दुई जना प्रहरीको फन्दामा

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

काठमाडौँ– ईसेवामा बोनस रकम प्राप्त हुन्छ भनी ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका–२ घर भइ हाल पर्सा वीरगञ्ज बस्दै आएका सुभम साह र बारा महागढिमाई नगरपालिका–१० घर भइ हाल वीरगञ्ज बस्दै आएका सर्फराज आलम रहेको प्रहरीले जनाएको छ।

उनीहरुले ईसेवामा ५० हजार रकम जम्मा गरेमा २५ हजार बोनस पाइन्छ भन्दै ईसेवाको कर्मचारी बोलेको भनी आएको फोनको विश्वासमा पारी पीडितलाई रकम जम्मा गर्न लगाएका थिए।

रकम जम्मा गरेपश्चात बोनस प्राप्त गर्नको लागि कुराकानी गर्दा विभिन्न कुराहरु गरी विश्वासमा पारी पीडितको ओटिपी प्राप्त गरेपश्चात बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेका थिए।

ठगी गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो। ठगी गरेको रकमले टिकटकमा बिक्रीको लागी राखिएको आइफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमति गरी पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगञ्जबाट पाउने गरी पठाउन लगाएको बुझिएको प्रहरीले जनाएको छ।

ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाइएको पाइएको प्रहरीले जनाएको छ ।देश स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!