कपिलवस्तुमा पटका पड्काउने क्रममा आगलागी हुँदा एक जना घाइते भएका छन् । शिवराज नगरपालिका १० सितलापुर बस्ने बगेदन कुर्मीको घरमा आएको विवाहको जन्तीले पटका पड्काउने क्रममा आगलागी हुँदा स्थानीय ३७ वर्षीय राजेश यादव घाइते भएका हुन् ।
घटनामा सोही ठाउँ बस्ने चन्द्रभान यादवको गोठसमेत जलेर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घाइते यादवलाई उपचारको लागि सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै थप उपचारको लागि भैरहवा रिफर गरिएको जनाएको छ । पटका पड्काउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । रातोपाटी बाट