१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

पटका पड्काउने क्रममा आगलागी हुँदा एक जना घाइते

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

कपिलवस्तुमा पटका पड्काउने क्रममा आगलागी हुँदा एक जना घाइते भएका छन् । शिवराज नगरपालिका १० सितलापुर बस्ने बगेदन कुर्मीको घरमा आएको विवाहको जन्तीले पटका पड्काउने क्रममा आगलागी हुँदा स्थानीय ३७ वर्षीय राजेश यादव घाइते भएका हुन् ।

 

घटनामा सोही ठाउँ बस्ने चन्द्रभान यादवको गोठसमेत जलेर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घाइते यादवलाई उपचारको लागि सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै थप उपचारको लागि भैरहवा रिफर गरिएको जनाएको छ । पटका पड्काउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । रातोपाटी बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!