२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बस दुर्घटना हुँदा ८० जना घाइते

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

(ए बि सि संचार )         नुवाकोटको किस्पाङ गाउँपालिकाको सल्मेबाट त्रिशूली आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन्। आइतबार किस्पाङ ३ किर्नेबगरमा प्रदेश नं ३–०१–००६ ख १५४१ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा सातजना सिकिस्त, २८ जना गम्भीर र ४५ जना सामान्य घाइते भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए। अस्पतालले ११ जनालाई थप उपचारको लागि काठमाडौं पठाएको छ । सिकिस्त घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाएको अस्पतालले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

कच्ची तथा साँघुरो सडक र क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। घुम्तीमा मोड्ने क्रममा बस सडकबाट खेतमा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकरी दिए। ४२ सिट क्षमताको बसमा ८० जना सबार थिए। सामान्य घाइते भएका चालक लासाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नयाँ पत्रीका बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!