११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

बस दुर्घटना हुँदा ८० जना घाइते

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

(ए बि सि संचार )         नुवाकोटको किस्पाङ गाउँपालिकाको सल्मेबाट त्रिशूली आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन्। आइतबार किस्पाङ ३ किर्नेबगरमा प्रदेश नं ३–०१–००६ ख १५४१ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा सातजना सिकिस्त, २८ जना गम्भीर र ४५ जना सामान्य घाइते भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए। अस्पतालले ११ जनालाई थप उपचारको लागि काठमाडौं पठाएको छ । सिकिस्त घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाएको अस्पतालले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

कच्ची तथा साँघुरो सडक र क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। घुम्तीमा मोड्ने क्रममा बस सडकबाट खेतमा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकरी दिए। ४२ सिट क्षमताको बसमा ८० जना सबार थिए। सामान्य घाइते भएका चालक लासाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नयाँ पत्रीका बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!