२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँकेमा बाघले फेरी मान्छेलाई आक्रमण गर्‍यो बाघसंग लडेर ज्यान बचाए

Logo
प्रकाशित सोमबार, फाल्गुण ०९, २०७८

(ABC-Sanchar)
बाँके । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेको वडाअध्यक्ष रामलखन थारुले जानकारी दिए।

बाघले आक्रमण गरेपनि उनी बाँच्न सफल भएका उनले बताए। वडाअध्यक्ष थारुका अनुसार आइतबार माध्यान्ह १२ बजेतिर सामुदायिक वन क्षेत्रभित्र बाघले आक्रमण गरेको थियो। मण्डफवा सामुदायिक वनको पहाडी क्षेत्रमा घाँस, दाउरा खोज्न गएका बेलामा बाघले उनलाई एक्कासी आक्रमण गरेको हो।

घटनास्थल फत्तेपुर गाउँबाट करिव ३ किलोमिटर भित्र पर्छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाघले आक्रमण गरेर स्थानीय युवालाई घाइते बनाएको बताए। ‘बाघको आक्रमणमा परेपनि उनी बाँच्न सफल भएका छन्, अवस्था खतरामुक्त नै छ,’ अधिकारीले भने।

बाघसँग केहीबेरसम्म लडेका उनलाई भुइँमा पल्टाएर घाटीमा टोकेर रगत चुस्न थालेका बेलामा सँगै जंगलमा गएका साथीहरुले हो–हल्ला गरेपछि बाघ त्यहाँबाट भागेको स्थानीयले बताए। गद्दीको घाटीमा गहिरो प्वाल परेको छ।

बाघको आक्रमणबाट घाइते भएका उनलाई स्थानीयले उद्दार गरेका हुन्। उनको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। अस्पताल पुर्याएपछि उनको होस खुलेको छ। यसअघि शनिबार मात्रै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई बाघले आक्रमण गरी मारेको थियो।

एक महिनाअघि पनि उक्त वडाकै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो। गत भदौं यता मात्रै बाँकेमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।