२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीका १८ जना एसपीको सरुवा

Logo
प्रकाशित सोमबार, फाल्गुण ०९, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । आइतबार प्रहरी प्रधान कार्यालयले १८ एसपीको सरुवा निकालेको केही समयमै सरुवा संशोधन गरेको छ । सरुवामा सात जिल्लाका एसपी फेरिएकोमा गुल्मीको एसपीमा हेरफेर भएको हो ।

सुरुमा गुल्मीमा दीपक कुमार बस्नेतलाई पठाइएको थियो । तर, एकैछिनमा संशोधन गरी एसपी भिम दाहाललाई गुल्मीमा पठाइएको थियो । एसपी बस्नेत यसअघि पनि गुल्मी बसेको खुलेपछि सरुवा सूची संशोधन गरिएको हो ।यसरी सरुवा संशोधन गरिएपछि सरुवाको सूची नै प्रमुख मुख्यालयले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको छैन । तर, यससम्बन्धि परिपत्र भने भइसकेको छ ।

सरुवामा जिल्ला इन्चार्ज पाउनेहरुमा बदनामहरु छन् । बाग्लुङमा दयानिधी ज्ञवालीलाई पठाइएको छ । उनी यसअघि घुसकाण्डमा परेका थिए । त्यस्तै बाग्लुङबाट गत वर्ष कारबाही स्वरुप हटाइएका शारदा चौधरीलाई डोटी पठाइएको छ ।
गोरखा पठाइएका एसपी केदार खनाल पनि पटक पटक कारबाहीमा परेका थिए । कीर्तिपुर वृत्तको डिएसपी हुँदा कार्यालयमै मदिरा पिएको खुलेपछि तत्कालिन एसएसपी रमेश खरेलले उनलाई पक्राउ गरेर थुनेका थिए ।

धनकुटा पठाइएका लक्ष्मीराज अधिकारी कार्यक्षमतामा कमजोर मानिन्छन् । सिन्धुली पठाइएका विमलराज कँडेल पनि पटक पटक कारबाही भोगेका अधिकृत हुन् । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देही सरुवा गरिएका रबिन्द्र रेग्मी तुलनात्मक रुपमा व्यवसायिक मानिन्छन् । गृह जिल्ला भएकाले दबाब थेगेर काम गर्न उनलाई समस्या हुनसक्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]