०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

तालाबन्दी गर्न सुरक्षाकर्मीले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका तोडफोड

Logo
प्रकाशित सोमबार, फाल्गुण ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाएका छन् । कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार पुनः ताला लगाउन जाँदा सो घटना भएको हो । प्रदर्शनकारीले नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने, आर्थिक वर्ष २०७८÷०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनुुपर्ने माग राख्दै ताला लगाएका थिए । माग सम्बोधन नगरी नगरपालिकाले आफूखुसी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ ।

नगर प्रमुख गौतमले आन्दोलनरत पक्षलाई वार्ताका लागि पटक–पटक बोलाए पनि नआएपछि नागरिक समाज र प्रहरी प्रशासनका रोहबरमा निर्णय गरी ताला खुलाएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!