३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमी पक्राउ पछी सार्वजनिक

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

ABC (क्राईमबिट)
धरान । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगरका ४ इक्राही घर भएका २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको हो ।

योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । सिग्देलले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको वराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ वर्षीया छोरी छन् । उनका प्रेमी सरोज सिटी सफारी चालक हुन् र विवाहित पनि हुन् । तर, उनको पनि श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र सम्बन्ध विच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ ।

के हो घटना ?
सिग्देल १० महिना अघि बहराइन कमाउन गएका थिए । घरको आर्थिकस्तर सुधार्न गएका दिनेशले बहराइनमा हुँदै आफ्नी श्रीमती परपुरुषसँग लागेको थाहा पाएका थिए । अनिताको सम्बन्ध सरोजसँग बढेको चाल पाएपछि दिनेश पनि थाहै नदिइ नेपाल आएका थिए ।

उनी कम्पनीमा १५ दिनको बिदा लिएर जनवरी ४ अर्थात् गत पुस २० गते नेपाल आएका थिए । भोलिपल्ट २१ गते विराटनगरमा कान्छी श्रीमती अनितासँगै नोबेल मेडिकल कलेज नजिक होटलमा बसेका थिए । भोलिपल्ट २२ गते बेलुकी उनीहरूको डेरा रहेको विराटनगर ३, पिपल चोक आएका थिए । प्रहरीका अनुसार पुस २२ गते राति दिनेश र अनिताबीच विवाद भएको थियो । केही समय पछि अनिताका प्रेमी सरोज पनि आएर उनैले ल्याएको गलबन्दीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरेपछि अनिता र सरोज अन्यन्त्र गएर बसेका र २३ गते बिहानै पसलबाट चार हजारमा ग्रेण्डर, ३ वटा जेब्रा झोला र पोलिथिन खरिद गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संञ्जयसिंह थापाका अनुसार खरिद गरेर ल्याएका सामान सहित खुकुरीको सहयोगले शव काटेर अलगअलग झोलामा हालेका थिए ।

साँझमा ट्याम्पो भाडामा लिएर धरान भेंडेटार सडक खण्डमा फालेको र उनीहरू त्यस रात भेंडेटार बसेर भोलिपल्ट मात्र विराटनगर फर्किएको पनि एसपी थापाले बताए । एसपी थापाका अनुसार अनिता र सरोजको सम्बन्धमा काँडा बनेर अचानक निदेश बहराइनबाट आएपछि योजनाबद्धरुपमा हत्या भएकाे अनुसन्धानबाट खुलेकाे छ ।

प्रहरीका अनुसार ६ महिनादेखि सरोज र अनिता श्रीमान् श्रीमती सरह बस्दै आएका थिए । दिनेशले विदेशबाट पठाएको रकम खर्च भएको नदेखाउने तथा प्रेमीलाई दिने गरेको समेत खुलेको छ ।

बहराइनको मास्क र कार्डले पत्ता लगायो हत्यारा

गत फागुन ४ गते धरानको जगंलमा स्थानीयले लास जस्तो गनाएको थाहा पाए । उनीहरूले हल्ला गरेपछि प्रहरीले खोजीलाई तीव्र पार्‍याे । इलाका प्रहरी धरान, जिल्ला प्रहरी र संघीय इकाई प्रहरी धरानले मृतक दिनेशको तस्बिर नै सार्वजनिक गर्‍याे । त्यति हुँदा पनि कुनै कतैबाट मेरो मान्छे भनेर नआएपछि स्केजसमेत सार्वजनिक गरेको थियो ।

प्रहरीले खोजी गर्दै जाँदा मृतकको हाफ पाइन्टको गोजीमा असेट प्रोटेक्सन, ट्याटवएर पेट्रोलियम बि एच मास्क फेला पर्‍याे । त्यस्तै रिओ टुर्स कमल तलेब एक्स्लुसिभ रिओ टुर्स लेखिएको भिजिटिङ कार्ड समेत फेला पर्‍याे । प्रहरीले उक्त कम्पनी सम्म पुग्नका लागि काठमाडौँ प्रहरीलाई समेत सहयोग माग्यो । तिनै दुई कम्पनीको नाम बहराइनमा भएको पत्ता लाग्यो ।

प्रहरीले नेपाल आउने र जानेको तथ्यांक खोजी गर्दै झापा घर भएका दिनेश सिग्देल भएको पत्ता लगाएको थियो । सोही आधारमा प्रहरीले आफन्त खोजी गर्दै आफ्नै श्रीमती र परपुरुष हत्यारा भएको पत्ता लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!