
(ABC-Sanchar)
बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नं.४ को सैनावर गाउँकी अन्दाजी ४१ वर्षिय लिलि थारुको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
मंगलबार राति करिब ९ वजेको समयमा घरबाट शौच गर्न घर बाहिर निस्केको बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमणमा गम्भीर घाइते भएकी थारुको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
यस वर्ष बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।