२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

सशस्त्र प्रहरी लहानले चादीको गहना सहित १ भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

ABC (क्राईमबिट)
सिरहा । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी र सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणबाट खटिएको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका वडा नम्बर ७ दुर्गा मन्दिर नजिकैबाट चा“दीको तयारी गहना सहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।

भारतबाट तयारी चा“दीको गहना नेपाल भित्रिरहेको बिशेष सुचनाको अधारमा खटिएको स्कवाड टोलीले गहना सहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । मधुवनी बिहार राजनगर वडा नम्बर १२ आमदा बस्ने ३८ बर्षिय रंजित रायलाई चा“दीको गहना सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको हो । राय स“ग रहेको ३ किलोग्राम तयारी चा“दीको गहना सहित नियन्त्रणमा लिइएको जनाइएको छ । बरामद गरिएको तयारी चा“दीको गहना सहित भारतीय नागरिक रायलाई अवाश्यक कारवाहीको लागी जिल्लाको माडर भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!