०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

सशस्त्र प्रहरी लहानले चादीको गहना सहित १ भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

ABC (क्राईमबिट)
सिरहा । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी र सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणबाट खटिएको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका वडा नम्बर ७ दुर्गा मन्दिर नजिकैबाट चा“दीको तयारी गहना सहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।

भारतबाट तयारी चा“दीको गहना नेपाल भित्रिरहेको बिशेष सुचनाको अधारमा खटिएको स्कवाड टोलीले गहना सहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । मधुवनी बिहार राजनगर वडा नम्बर १२ आमदा बस्ने ३८ बर्षिय रंजित रायलाई चा“दीको गहना सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको हो । राय स“ग रहेको ३ किलोग्राम तयारी चा“दीको गहना सहित नियन्त्रणमा लिइएको जनाइएको छ । बरामद गरिएको तयारी चा“दीको गहना सहित भारतीय नागरिक रायलाई अवाश्यक कारवाहीको लागी जिल्लाको माडर भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!