२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा फेरी २ वटा पाटेबाघ देखियो स्थानियबासीहरु त्रसित हुँदै निकुञ्ज मौन

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

(ABC-Sanchar)
बाँके । राप्तीसोनारी गाउँपालिकाको बैजापुर र आलीनगर क्षेत्रमा बुधवार दुई वटा बाघ देखिएका हुन । बाघ देखिएपछि स्थानिय बसिन्दाहरु त्रसित बानेका छन ।

बाघको देखिएको सुचना पाए लागत्तै ईलाका प्रहरी कार्यालय धामपुरल उक्त क्षेत्रहरुमा सर्वसाधारणहरुलाई सचेत गराउनुका साथै सुरक्षा निगरानी बढाइएको सई मुकुन्द सिगदेलले बताए ।

केही महिना आगडि राप्तीसोनारीमा नरभक्षि बाघ आक्रमक बनेपछि स्थानियहरुले ढोल बजाएर धपाएका थिए । गत शनिबार फागुन ७ गते बाघको आक्रमणबाट राप्तीसोनारी ६ मा एकको ज्यान गएको थियो । राप्ती सोनारी क्षेत्रमा हाल बाघको त्रास कायमै छ ।

राप्तीसोनारी क्षेत्रमा पटक–पटक बाघले मान्छे खाएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली र प्राविधिक टोली परिचालन गरेपनि नरभक्षि बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]