२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जमा छात्रामाथि बलात्कारको आरोपमा १ जना शिक्षक पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ घरबारी टोलस्थित एन्जल्स हाई स्क्ुलका शिक्षक सञ्जय जयसवाल बलात्कारको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, शिक्षक जयसवाल सोही स्कुलमा अध्ययनरत १५ वर्षिय छात्रामाथि बलात्कारको आरोपमा पक्राउ परेका हुन । उनलाई बाँके प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । बलात्कार पीडित छात्राले दिएको जाहेरीमा शिक्षक जयसवालले माघ २५ गते बेलुका साढे ७ बजे कोचिङ सेन्टरमा अन्य विद्यार्थी उपस्थित हुनुअगावै छात्रामाथि बलात्कार प्रयास गरेको उल्लेख छ ।

बलात्कारको प्रयास २५ गते भएतपनि पिडित छात्राले गत माघ २८ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा शिक्षक जयसवालका नाममा जाहेरी दर्ता गराएकी छिन ।

पिडितले आफुमाथि बलात्कारको प्रयास गरेको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएस्पी न्यौपानेले बताए ।

छात्राले दिएको जबरजस्ती करणी जाहेरीमा मुद्दा दर्ता गरि कारबाही अगाडी बढाइएको उनले बताए ।

पक्राउ परेका शिक्षक जयसवालले छात्राको गालामा किस खाएको र संवेदनशील अंगमा छोएको समेत स्वीकारिसकेको प्रहरीले जनाएको छ ।

शिक्षकले यसअघि पनि पढाउने बहानामा पटक पटक अश्लिल ब्यवहार गर्ने र शरिर छुने सुमसुम्याउने गरेको पिडित छात्राले बयानमा बताएकी छिन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]