१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

बाँकेको सिमाना शुक्रवारदेखि सोमवार विहान ६ बजेसम्म पुर्ण रुपमा बन्द हुने

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८

बाँके । भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ति जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा यहाँस्थित नेपाल भारत जमुनाह सीमा नाका ६० घण्टाका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ ।
बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएको हुँदा फागुन १३ गते शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई मिन बहादुर विष्टका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीविच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सीमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।
उहाँले आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने हुँदा सर्वसाधारणले सोही बमोजिम गर्नुपर्ने बताउनुभयो । सो बारेमा सुचना दिने काम गरिरहेको पनि सई विष्टले बताउनुभयो ।
भारतीय क्षेत्रमा पनि सोही प्रकारको सूचना भारतीय सुरक्षाकर्मीहरुले सार्वजनिक गरेका छन् । सीमापारी भारतको रुपैडिहा थानाका अनुसार निर्वाचन आयोगको निर्देशन बमोजिम ६० घण्टाका लागि सीमाना कडा रुपमा बन्द गरिने छ ।
दुबै देशका सुरक्षा अधिकारीहरुले आ आफ्नो देशका नागरिकलाई सो बारेमा अग्रिम जानकारी दिने कार्य विभिन्न माध्यमबाट गरिरहेकोले सीमानामा कुनै समस्या नहुने पनि दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् । निर्वाचन प्रयोजनका लागि रुपैडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएको तथा सीमानामा एकसाता अघिदेखिनै चेकजाँच समेत कडा पारिएको रुपैडिहा प्रहरी थानाले जनाएको छ ।
सुरक्षा व्यवस्थापन अन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त गस्ती गरिरहेको तथा गाउँबस्तीमा समेत सुरक्षालाई थप चुस्त बनाइएको जानकारी दुबै देशका सुरक्षा निकायले दिएका छन् । सीमानाको मूख्य नाका बाहेकका अन्य साइड नाकाहरुमा पनि सुरक्षाकर्मीहरु तैनाथ गरिएको भारतीय प्रहरीले जनाएको छ ।
(गोरखापत्र अनलाइनबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!