०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

बाँकेको सिमाना शुक्रवारदेखि सोमवार विहान ६ बजेसम्म पुर्ण रुपमा बन्द हुने

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८

बाँके । भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ति जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा यहाँस्थित नेपाल भारत जमुनाह सीमा नाका ६० घण्टाका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ ।
बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएको हुँदा फागुन १३ गते शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई मिन बहादुर विष्टका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीविच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सीमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।
उहाँले आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने हुँदा सर्वसाधारणले सोही बमोजिम गर्नुपर्ने बताउनुभयो । सो बारेमा सुचना दिने काम गरिरहेको पनि सई विष्टले बताउनुभयो ।
भारतीय क्षेत्रमा पनि सोही प्रकारको सूचना भारतीय सुरक्षाकर्मीहरुले सार्वजनिक गरेका छन् । सीमापारी भारतको रुपैडिहा थानाका अनुसार निर्वाचन आयोगको निर्देशन बमोजिम ६० घण्टाका लागि सीमाना कडा रुपमा बन्द गरिने छ ।
दुबै देशका सुरक्षा अधिकारीहरुले आ आफ्नो देशका नागरिकलाई सो बारेमा अग्रिम जानकारी दिने कार्य विभिन्न माध्यमबाट गरिरहेकोले सीमानामा कुनै समस्या नहुने पनि दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् । निर्वाचन प्रयोजनका लागि रुपैडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएको तथा सीमानामा एकसाता अघिदेखिनै चेकजाँच समेत कडा पारिएको रुपैडिहा प्रहरी थानाले जनाएको छ ।
सुरक्षा व्यवस्थापन अन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त गस्ती गरिरहेको तथा गाउँबस्तीमा समेत सुरक्षालाई थप चुस्त बनाइएको जानकारी दुबै देशका सुरक्षा निकायले दिएका छन् । सीमानाको मूख्य नाका बाहेकका अन्य साइड नाकाहरुमा पनि सुरक्षाकर्मीहरु तैनाथ गरिएको भारतीय प्रहरीले जनाएको छ ।
(गोरखापत्र अनलाइनबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन […]

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

error: Content is protected !!