१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

प्रभु गिरीको हत्या गर्ने मुख्य योजनाकार १६ बर्ष पछी भारतबाट पक्राउ नेपाल ल्याउदै

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८

ABC (क्राईमबिट)
बाजुरा । जिल्ला प्रहरी कार्यलय बाजुराले प्रभुको हत्या गर्ने मुख्य योजनाकार भरत गिरीलाई १६ बर्ष पछि भारत बाट प्रक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख चर्तुभुज ओझाले वताएका छन् ।

जिल्ला प्रहरी कार्यलय बाजुराले पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरिएको हो । मुख्य योजनाकार भरत गिरी पनि कालापानी गाउँकै रहेको प्रहरीले जनाएको छ । प्रहरीले इन्टरपोल संगको समन्वय तथा भारतिय प्रहरीको सहयोगमा भारतको उत्तराखण्ड प्रक्राउ गरेर नेपाल ल्याएको हो । उनि १६ बर्ष देखी भारतमा लुकिछिपि बसिरहेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।

मुख्य योजनाकार भारत फरार रहेका थिए, भने हत्यामा संलग्न अन्य ९ जनाले भने जेल भुक्तान गरिसकेको प्रहरीले जनाएको छ । प्रभुलाई सुतिरहेको बेला पसलमा पुकार किन्न जाउ भनेर भरतले बोलाएर लगेका थिए । पसल नपुग्दै बाटो बाटै भट्याको रुखमा भिमलको डोरीले बाँधि साईकलो चैन, लाठि, मुग्रा, ढुङ्गा प्रहार गरी निर्ममता पुर्वक हत्या गरेर नजिकै रहेको गहुँ बारीमा फालेका थिए ।

प्रभु गिरीको २०६३ साल माघ १० गते साँझ बिभत्स हत्या गरेको थियो । प्रभुको टाउको फुटाएर गिद्धि समेत देखिएको पुरै शरिरमा निल डाम देखिएका थिए । तत्काल मृतकको दाईले किटानी जाहेरी दिएका थिए । भरत गिरी प्रभुको हत्या पछि फरार भएका थिए, अन्य सह अभियुक्तहरु भने प्रक्राउ परेका थिए । प्रभुलाइ हत्या गर्नुको कारण भरत गिरीले आफ्नै काकाको छोरी बहीनि नाता लाग्ने सँग अनैतिक गलत सम्बन्ध राखेको अबस्थामा प्रभु गिरीले रंगे हात भेटेपछि भरतले प्रभुलाई हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत बाजुराले २०६८ माघ ४ गते भरत गिरीलाई सर्वश्व सहति जन्म कैदको फैसला गरेको थियो । त्यस्तै पुनराबेदन अदालत दिपायलले पनि सोही फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले भने २०७० भदौ २१ गते जन्म कैदको फैसला ठहर गरेको थियो । प्रभु हत्या भएको १६ बर्ष पछि मुख्य अभियुक्त प्रक्राउ परेपछि पिडितले न्यायको अनुभुति भएको वताएका छन् ।फरार अभियुक्त प्रक्राउ गर्नका लागि प्रहरी लामो समय देखी खोजी कार्यमा लागेको थियो । भारतमै पुगेर लुकिछिपि बसेको अबस्थामा १६ बर्ष पछि अपराधि प्रक्राउ गर्न सफल भएको प्रहरी प्रमुख ओझाले वताएका छन् । मृतक प्रभुकि भाउजु तारा गिरीले भनिन्, ढिलै भएपनि न्याय पाएको वताईन् । हामीले न्याय पाउने आश मारिसकेका थियौ, तर प्रहरी हत्यारा प्रक्राउ गर्न सफल हुदा खुशी भएको ताराले वताईन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!