०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

पल शाह प्रकरणमा दुर्गेश थापालाई ठुलो धक्का हरेक महोत्सवबाट बहिष्कार गर्दै

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८


(ABC-Sanchar)
काठमाडौं । अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको हो । दुर्गेशले महोत्सवमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको थियो ।

अभिनेता पल शाहको प्रकरणमा विवादित भएपछि महोत्सव र उनी दुबैलाई राम्रो नहुने देखेर कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले बताए । ‘महोत्सवमा सर्वसाधारणको भीड हुन्छ । त्यो भीडमा दुर्गेश माथि हातपात भयो भने हामी सुरक्षा दिन सक्दैनौ’ जोशीले भने, ‘पब्लिक तथा उनको सुरक्षा दुबै कुरोमा ध्यान राखेर हटाइएको हो ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबाट आजै मध्यान्ह २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवमा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवमा देशका चर्चित कलाकारको अलवा सुदूरपश्चिमका स्थानीय कलाकारको समेत सहभागिता रहने महोत्सव अत्तरिया पूर्व रोडमा रहेको खुल्ला स्थानमा आयोजना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन […]

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

error: Content is protected !!