२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

नेपालका ३ सुरक्षाकर्मीहरुले पहिलो पटक स्वदेशमा बनेको पोसाक कपडा लगाउने

Logo
प्रकाशित आइतबार, फाल्गुण १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलो पटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन्। यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ।

आपूर्तीकर्ताले पर्सा बारा करिडोरमा रेहको क्राउन टेक्सटाइल इण्डस्ट्रिजमा बनेको र कोहिनुर टेक्सटाइल इण्डस्ट्रिजले ‘डाइङ्ग’ (रंगाई) गरेको कपडाको आपुर्ती सुरक्षा निकायलाई थालेका हुन्। उनी (उलेन) पोषाकका कपडा लगायत प्रहरीका कपडा नेपालमा बन्ने गरे पनि सेना र प्रहरीको पोशाक (चुस्ता) को कपडा यसअघि स्वदेशमा उत्पादन हुँदैन थियो।

यसअघि विदेशबाट आयातित कपडा प्रयोग हुँदै आएको थियो। अब सुरक्षाकर्मीको पोशाकका लागि पैठारी हुने कपडाको आयात प्रतिस्थापित भएको छ। डी. सप्लायर र जय सलिना इन्टरप्राइजेजले यस्ता कपडा आपूर्तिको जिम्मा लिएका छन्।

नेपाली सेनाको लागि ६ लाख मीटर, नेपाल प्रहरीलाई २ लाख ५० हजार मीटर र सशस्त्र प्रहरीका लागि ७० हजार जोडी तयारी चुस्ता पोशाकको आपुर्तीको जिम्मा पाइएको क्राउन टेक्सटाइलका सञ्चालक पीताम्वर कुमार मुन्काले जानकारी दिए।

आपूर्तिको जिम्मा लिएका फर्महरुले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विदेशबाट आयातित कपडा उपलब्ध गराउँदै आएका थिए। चालु आर्थिक वर्षदेखि स्वदेशी कपडा आपूर्ति हुन थालेको हो। वीरगन्जकै क्राउन टेक्सटाइलसँगको सहकार्यमा कोहिनुरले यस्तो कपडाको उत्पादन गरेको छ।

‘नेपाली उद्यमी भएकोले हाम्रो लागि यो सखद हो, सुरक्षाकर्मीको पोशाकका लागि चाहिने सबै खालको कपडा स्वदेशमंै उत्पादन हुन थालेको छ,’ मुनकाले भने, ‘आयातमा वर्षेनि ५० करोड रुपैयाँ बाहिरिने गरेकोमा बाहिरबाट कपडा ल्याउनुपर्ने त्यसतो बाध्यता हटेको छ।’

उनका अनुसार यो देशकै लागि पनि हितकर र गर्वको विषय हो। कोहिनुरले चुस्ताको कपडा उत्पादन गर्नका लागि पाँच करोड रुपैयाको आधुनिक मेशिनरीहरु उद्योगमा थपेर चार महिना अगाडिदेखि यस्तो नयाँ खाले कपडा उत्पादन गर्न थालेको यसका सञ्चालक राजेशकुमार कुशवाहले बताए। उक्त उद्योग एक दशकदेखि सञ्चालनमा रहेको छ।

उद्योगले सेना र प्रहरीका लागि यो कपडा उत्पादनमा आवश्यक उकरणमा मात्रै थपेको छैन करिब ५० जना कामदार कर्मचारी पनि बढाएको छ। यहाँ अहिले ३
सय जना काम गर्छन्। उद्योगले कपडा बनाउन प्रयोग हुने धागो, रंगलगायगतका कच्चा पदार्थ भने विदेशबाट आयात गर्दै आएको छ।नागरिक-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!