२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

नेपालका ३ सुरक्षाकर्मीहरुले पहिलो पटक स्वदेशमा बनेको पोसाक कपडा लगाउने

Logo
प्रकाशित आइतबार, फाल्गुण १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलो पटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन्। यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ।

आपूर्तीकर्ताले पर्सा बारा करिडोरमा रेहको क्राउन टेक्सटाइल इण्डस्ट्रिजमा बनेको र कोहिनुर टेक्सटाइल इण्डस्ट्रिजले ‘डाइङ्ग’ (रंगाई) गरेको कपडाको आपुर्ती सुरक्षा निकायलाई थालेका हुन्। उनी (उलेन) पोषाकका कपडा लगायत प्रहरीका कपडा नेपालमा बन्ने गरे पनि सेना र प्रहरीको पोशाक (चुस्ता) को कपडा यसअघि स्वदेशमा उत्पादन हुँदैन थियो।

यसअघि विदेशबाट आयातित कपडा प्रयोग हुँदै आएको थियो। अब सुरक्षाकर्मीको पोशाकका लागि पैठारी हुने कपडाको आयात प्रतिस्थापित भएको छ। डी. सप्लायर र जय सलिना इन्टरप्राइजेजले यस्ता कपडा आपूर्तिको जिम्मा लिएका छन्।

नेपाली सेनाको लागि ६ लाख मीटर, नेपाल प्रहरीलाई २ लाख ५० हजार मीटर र सशस्त्र प्रहरीका लागि ७० हजार जोडी तयारी चुस्ता पोशाकको आपुर्तीको जिम्मा पाइएको क्राउन टेक्सटाइलका सञ्चालक पीताम्वर कुमार मुन्काले जानकारी दिए।

आपूर्तिको जिम्मा लिएका फर्महरुले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विदेशबाट आयातित कपडा उपलब्ध गराउँदै आएका थिए। चालु आर्थिक वर्षदेखि स्वदेशी कपडा आपूर्ति हुन थालेको हो। वीरगन्जकै क्राउन टेक्सटाइलसँगको सहकार्यमा कोहिनुरले यस्तो कपडाको उत्पादन गरेको छ।

‘नेपाली उद्यमी भएकोले हाम्रो लागि यो सखद हो, सुरक्षाकर्मीको पोशाकका लागि चाहिने सबै खालको कपडा स्वदेशमंै उत्पादन हुन थालेको छ,’ मुनकाले भने, ‘आयातमा वर्षेनि ५० करोड रुपैयाँ बाहिरिने गरेकोमा बाहिरबाट कपडा ल्याउनुपर्ने त्यसतो बाध्यता हटेको छ।’

उनका अनुसार यो देशकै लागि पनि हितकर र गर्वको विषय हो। कोहिनुरले चुस्ताको कपडा उत्पादन गर्नका लागि पाँच करोड रुपैयाको आधुनिक मेशिनरीहरु उद्योगमा थपेर चार महिना अगाडिदेखि यस्तो नयाँ खाले कपडा उत्पादन गर्न थालेको यसका सञ्चालक राजेशकुमार कुशवाहले बताए। उक्त उद्योग एक दशकदेखि सञ्चालनमा रहेको छ।

उद्योगले सेना र प्रहरीका लागि यो कपडा उत्पादनमा आवश्यक उकरणमा मात्रै थपेको छैन करिब ५० जना कामदार कर्मचारी पनि बढाएको छ। यहाँ अहिले ३
सय जना काम गर्छन्। उद्योगले कपडा बनाउन प्रयोग हुने धागो, रंगलगायगतका कच्चा पदार्थ भने विदेशबाट आयात गर्दै आएको छ।नागरिक-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]