३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

सप्तरीमा घुमुवा प्रहरीको लापरबाहीले हत्कडीसहित १ जना अपराधी फरार

Logo
प्रकाशित आइतबार, फाल्गुण १५, २०७८

ABC (क्राईमबिट)
सप्तरी । जिल्ला प्रहरी कार्यालयमा प्रहरीका एक घुमुवाकाे गम्भीर लापरबाहीले हत्कडी सहित अपराधी फरार भएका छन् । जिल्ला मातहतको प्रहरी चाैकी बेलहीका प्रमुख असई उमेश जैसवाल समेत यो काण्डमा मुछिएका छन् ।
उनले आफुसंग भएको हत्कडी जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्लेले घुमुवा राखेका कमाण्डर असई उदय सिंहलाई दिएका थिए। त्यही हत्कडी लिएर अपराधी पक्राउ गर्न भारत गएका घुमुवा असई सिंहले अपराधी पक्राउ गरि हत्कडी त तर हत्कडी सहित अपराधी फरार भएका छन् ।
हत्कडी सहित पक्राउ परेको भारतीय अपराधी फरार भएको पुष्टि जिल्ला प्रहरी कार्यालयले गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]