(ABC-Sanchar)
काठमाडौं । मोडल पल शाह हाल तनहुँ प्रहरीको नियन्त्रणमा छन्। बलात्कारको आरोप लागेपछि उनलाई पक्राउ गर्ने प्रहरीले वारेन्ट जारी गरेको थियो।
तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका पलले अहिले प्रहरी समक्ष बयान दिइरहेका छन्।
यसैबीच, पल विरुद्ध फेरि बलात्कार गरेको अर्को उजुरी परेको छ।
शाहविरूद्ध पीडित गायिकाले नवलपुर प्रहरीमा अर्को उजुरी दिएकी छन्। पीडितले दिएको उजुरी गैंडाकोट इलाका प्रहरी कार्यालयमा दर्ता गरिएको छ।
शाहले पीडित गायिकालाई गैंडाकोटको एक रिसोर्टमा सुटिङको क्रममा बलात्कार गरेको आरोप उजुरीमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।