०६ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

बन्दको बेला काठमाडौंमा दूधको गाडी र ३ बसमा तोडफोड बन्द कर्ताहरु पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८


(ABC-Sanchar)
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ।

यातायातका साधनहरु सहजरुपमा चलेका छन् । लामो दुरीको यातायातका साधान भने प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् ।

यसैबीच बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु ‘स्टेटस सिम्बल’ को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ । धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ […]

बाँके । पुस अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइ नभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन,’ बर्दिबास-१३ का किसान ठकाइ महतोले भने, ‘पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ।’ चिसोले कठ्यांग्रिएर कुनै काममा हात नलाग्दा समयमा […]

काठमाडौं । नेपाल सरकारले कतार सरकारलाई दिएको दुई हात्ती के गर्दै होलान् त्यसो लागेको हो भने यी फोटोहरु हेर्नुस्- यी एआईबाट बनाइएका होइनन्। कतारको अनलाइनमा प्रकाशित फोटोहरु हुन्। कतारको ‘अल खोर फेमिली पार्क एन्डु जू’ मा राखिएका यी दुईवटै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका हुन् । २०८१ वैशाखमा कतारका […]

error: Content is protected !!