
(ABC-Sanchar)
बाँके । नेपाली कांग्रेस बाँकेको सभापतिको लागि संस्थापन (शेर बहादुर देउवा) पक्षले सुरेन्द्र बहादुर हमाललाई आधिकारिक उम्मेदवार तोकेको छ ।
बाँकेका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीलाई फोन गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले हमाल नै आधिकारिक उम्मेदवार तोकिएको भन्दै त्यसै अनुरुप सर्कुलर गर्न भनेका छन् । महतले सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का लगायत बसेर हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको बाल्मिकीलाई बताएका हुन् । फागुन १९ गते हुने निर्वाचनका लागि संस्थापनले सभापति टुंग्याउन नसक्दा हमाल र बादशाह कुर्मीले उम्मेदवार दिएका छन् । पदाधिकारीमा भने एउटै टिम छ ।
स्रोतका अनुसार कुर्मीलाई संसदीय निर्वाचनमा उम्मेदवार बनाउने गरी अहिले जिल्ला सभापतिमा हमाललाई अगाडि सारिएको हो । संस्थापन इतर (डा.शेखर कोइराला) बाट भने सभापतिमा नारायणप्रसाद गौडेल उम्मेदवार छन् ।