२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

सशस्त्र प्रहरीको परिक्षामा चिट चोर्ने ५ जना परीक्षार्थीको लिखित परीक्षा रद्द

Logo
प्रकाशित बुधबार, फाल्गुण १८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्को परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय आयोगले गरेको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिकाका प्रकाश श्रेष्ठले उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरी अर्को परीक्षार्थीको विवरण लखेको पाइएको आयोगले जनाएको छ । त्यस्तै, सर्लाहीका रवी रन्जनले चिट चोरेको पाइएको छ भने जाजरकोटका जयबहादुर बढाले सिंगै पाना चिट मूल उत्तरपुस्तिकामा स्टिच गर्न खोजेका थिए ।

सुर्खेतका भूपेन्द्र वलीले सुरुमा आफ्नो विवरण लेखेर परीक्षा दिएका थिए । तर, उत्तरपुस्तिका बुझाउँदा केरमेटर गरेर गणेश वलीको नाम लेखेको पाइएको छ । सोही ठाउँका गणेश वलीले भने उत्तरपुस्तिका केरमेट गरेर भूपेन्द्र वलीको नााम लेखेर उत्तरपुस्तिका बुझाएको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!