१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

बाँके प्रहरीले USA अटोम्याटेक पेस्तोलसहित ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १८, २०७८

ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलिले अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राऊ पर्नेमा, बाँके जिल्लाको नेपालगंज उप-महानगरपालिका वडा नं. १२ को २८ वर्षिय दीपेन्द्र अधिकारी, सोही ठाउँको वडा नंं १८ बस्ने २२ वर्षिय शुसान्त केसी र जिल्ला कैलाली लम्कीदुहा नगरपालिका वडा नं. ३ बस्ने ३२ वर्षिय द्धारीका उपाध्याय रहेका छन ।

जिल्ला बाँके डुडुवा गाउँपालिका वडा नं.४ राप्तीपुल नजिक नेपालगंज देखि राप्तीनदी तर्फ जाँदै गरेको सुसान्त के. सी. ले चलाएको बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको चालक सिटको वाँया तर्फको सिटको सिट कभर भित्र अटोमेटिक पेस्तोल र हातहतियार फेला परि नियन्त्रणमा लिएको प्रहरी ले जनाएको छ ।

प्रहरीका अनुसार, राप्तीनदीको पुल नजिक गोली पड्किएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट Made in USA लेखेको अटोमेटिक पेस्तोल थान १, सोही पेस्तोलमा लोड गोली थान -७, पेस्तोलमा प्रयोग हुने गोली थान २, खुडा थान १, नक थान २ बरामद गरेको छ ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अनुसन्धानबाट पेस्तोल र ११ राउण्ड गोली दीपेन्द्र अधिकारीले ३ महिना पहिले भारतको लखनऊ बस्ने असरफ अलि संग भारु ५०००० मा खरिद गरी ल्याएको खुल्न आएको छ । यस्तै यसअघि अधिकारी ज्यान मार्ने उद्योग मुद्द, लागू औषध मुद्द, चोरी मुद्द जस्ता इत्यादि विभिन्न मुद्दामा पक्राऊ परेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!