ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलिले अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । 
पक्राऊ पर्नेमा, बाँके जिल्लाको नेपालगंज उप-महानगरपालिका वडा नं. १२ को २८ वर्षिय दीपेन्द्र अधिकारी, सोही ठाउँको वडा नंं १८ बस्ने २२ वर्षिय शुसान्त केसी र जिल्ला कैलाली लम्कीदुहा नगरपालिका वडा नं. ३ बस्ने ३२ वर्षिय द्धारीका उपाध्याय रहेका छन ।
जिल्ला बाँके डुडुवा गाउँपालिका वडा नं.४ राप्तीपुल नजिक नेपालगंज देखि राप्तीनदी तर्फ जाँदै गरेको सुसान्त के. सी. ले चलाएको बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको चालक सिटको वाँया तर्फको सिटको सिट कभर भित्र अटोमेटिक पेस्तोल र हातहतियार फेला परि नियन्त्रणमा लिएको प्रहरी ले जनाएको छ ।
प्रहरीका अनुसार, राप्तीनदीको पुल नजिक गोली पड्किएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 
प्रहरीले उनीहरुको साथबाट Made in USA लेखेको अटोमेटिक पेस्तोल थान १, सोही पेस्तोलमा लोड गोली थान -७, पेस्तोलमा प्रयोग हुने गोली थान २, खुडा थान १, नक थान २ बरामद गरेको छ ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
अनुसन्धानबाट पेस्तोल र ११ राउण्ड गोली दीपेन्द्र अधिकारीले ३ महिना पहिले भारतको लखनऊ बस्ने असरफ अलि संग भारु ५०००० मा खरिद गरी ल्याएको खुल्न आएको छ । यस्तै यसअघि अधिकारी ज्यान मार्ने उद्योग मुद्द, लागू औषध मुद्द, चोरी मुद्द जस्ता इत्यादि विभिन्न मुद्दामा
पक्राऊ परेका थिए।