२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

विप्लप समूहले आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाए

Logo
प्रकाशित बिहिबार, फाल्गुण १९, २०७८

(ABC-Sanchar)
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं। ११ बरवमा नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहले आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाएको छ ।
विप्लपका नेताले बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी एवम् गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्त वि।क।लाई विभिन्न आरोपमा कालोमोसो र चप्पलको माला लगाएको बाणगंगा नगरपालिकाका नगर सेक्रेटरी शेरमानले बताउनुभयो ।

विक्रान्तलाई पार्टीले २०७६ साल कार्तिकमा बाणगंगा नगरको नगर सेक्रेटरीको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी पाएपछि उहाँले पार्टीको नाममा विभिन्न ठाँउबाट रकम असुल्ने, परदर्शिता नदेखाउने र रकम हिनामीना गर्ने आरोपमा उहाँलाई सो सजाय दिएको सेक्रेटरी शेरमानले बताउनुभयो ।

उनले साथीभाई संग सरसपाटी लिएको पैसा हिनामिना गरेको आरोपमा उहाँलाई २०७७ साल मै पार्टीले कार्यवाही गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।