१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

पोखरामा बर्डफ्लु भेटिएपछि पशु पन्छीजन्य पदार्थको नष्ट

Logo
प्रकाशित बिहिबार, फाल्गुण १९, २०७८

?(ABCSanchar)
कास्की । पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्ला भित्रका पंछी र पंछीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो ।

संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ । वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३ सय ८१ वटा स्थानीय कुखुरा मारिएको छ । यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५ सय ९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३ सय २२ किलो दाना र ३ हजार ८ सय ५० किलो सुली नष्ट गरिएको छ । कक्षका सन्चार अधिकृत गृष्म न्यौपानेका अनुसार सन् २०१९ पछि अहिले पुनः वर्डफ्लु देखिएको हो ।
कास्कीको मादी गाउँपालिका स्थित याङ्जाकोटमा पछिल्लो समय संक्रमण भेटिएको थियो । २०७३ फागुनमा पनि खाल्टेमसिनामा संक्रमण फैलिएको थियो । पोखरामा पहिलो पटक सन् २०१० मा कुखुरामा वर्डफ्लु संक्रमण पुष्टि भएको हो । पोखरा १५ का खुशीमान गुरुङले पालेको फार्म र पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा फार्मबाट बर्डफ्लु संक्रमण भेटिएको हो । नजिकका फार्महरुको निगरानी र परीक्षण समेत गर्न थालिएको न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!