०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

प्रदेश बन मन्त्री सुरेन्द्र हमालले सभापतिको लागि गरे मतदान

Logo
प्रकाशित बिहिबार, फाल्गुण १९, २०७८

(ABC-Sanchar)
बाँके । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न विहान सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको हो । सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले पनि मतदान गरेका छन् । पहिलो मतदान सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेलले गरेका थिए । निर्वाचनमा १४ सय ९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान हुन भइरहेको हो । अपरान्ह ४ बजेसम्म मतदान चल्नेछ ।

सभापतिमा तीन जना, उपसभापति, सचिव र सहसचिवमा ४/४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल र बादशाह प्रतिष्पर्धामा छन्। उपसभापतिमा गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्ण बहादुर कार्की र सुदिपनरसिंह राणा तथा सहसचिवमा सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र बहादुर हमाल र सञ्जु कुमारी चौधरी र सहसचिवमा रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोद कुमार थारु प्रतिष्पर्धी छन् ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदान लगत्तै मगगणना शुरु हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!