१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

आफ्नो देशको स्वाभिमान झुक्न नदिने खेलकूदमन्त्री महेश्वर गहतराज

Logo
प्रकाशित बिहिबार, फाल्गुण १९, २०७८

(ABC-Sanchar)
काभ्रेपलाञ्चोक । युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन् ।

काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)का विषयमा नेपालीको स्वाभिमान झुक्न नदिइएकोसमेत दाबी गरे ।

‘एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन, यदि १२ बुँदे व्याख्यात्मक टिप्पणीको बेवास्ता भए हामीले मानिहाल्नुपर्ने अवस्था रहन्न’ उनले भने ।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री रत्न ढकालले शहीदको रगतले नयाँ नेपाल बनाउने प्रेरणा मिलेको जनाउँदै राजनीतिक स्थिरता तथा समाजवाद उन्मुख परिवर्तनको आवश्यकता औंल्याए ।

सांसद गङ्गाबहादुर दोङले एमसिसीका विषयमा सकारात्मक पहलबाट देश विभाजन हुनबाट जोगिएको धाराणा राखे । पूर्व राज्यमन्त्री सूर्यमान दोङले एमसिसीलाई आधार बनाइ संविधानमाथि गर्न खोजिएको आक्रमण सुझवुझपूर्ण ढङ्गले टारिएको बताए ।

सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का प्रदेश सदस्य लोकबहादुर गौतम, नेकपा (माओवादी केन्द्र)को काभ्रेपलाञ्चोक अध्यक्ष रुकु चौलागाईँ, चौंरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम, रामेछापको सुनापति गाउँपालिका अध्यक्ष दावा लामा, चौंरीदेउराली गाउँपालिका – ३ का वडाध्यक्ष विनोद घिसिङ र ७ का वडाध्यक्ष वीरबल लामालगायतले शहीदको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रमका अवसरमा मन्त्री गहतराजले गाउँपालिकाद्वारा आफ्नो क्षेत्रका सशस्त्र द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका ३५ परिवारलाई चालू आर्थिक वर्षबाट मासिक दुई हजार दिने घोषणा गरेअनुसारको रकम लक्षित परिवारलाई सम्मानसँगै हस्तान्तरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!