०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

घरभित्र निसास्सिएर २ जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८

(बिकास बिसी)
दैलेख । जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–१ ठाटीकाँध बजारमा बसोबास गर्दै आएका ४० वर्षीया हरिकला बादी र १८ वर्षीय रमेश बादीको मृत्यु भएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

बिहीबार राती सुतिरहेको समयमा कपडाबाट आगो सल्किएर निसास्सिएर दुवैजनाको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । आगोले हरिकलाको शरीरको पछाडिको भाग र रमेशको हात जलेको अवस्थामा शव घरभित्रै भेटिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।

मुण्डा घर (माटोले छाएको घर) भएको र झ्याल ढोका बन्द गरेका कारण आगलागीपछि उनीहरु घरभित्र बाहिर निस्कन नसकेको हुनसक्ने स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारसहितको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।
प्रहरी निरीक्षक सुनारले थप अनुसन्धानका लागि घटनास्थलतर्फ गइरहेको बताए ।अन्नपूर्ण-पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!